हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा दुई दिने डढेँलो नियन्त्रण सम्बन्धि तालिम भएको छ । बिहीवारदेखि सुरु भएको आगलागी तथा डढेँलो नियन्त्रण सम्बन्धि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम शुक्रबार सकिएको हो ।

मनहरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रशिक्षकहरु राप्ती डिभिजन बन कार्यालय मनहरीका वन अधिकृत गगन शर्मा र सुन्दर सामुदायिक बन उपभोक्ता समितिका पुर्व अध्यक्ष बुद्धि प्रसाद पौडेलले बन डढेँलो नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रशिक्षकहरुले आवस्यक सामग्री सहित प्रत्यक्ष रुपमा डढेँलो नियन्त्रणका तरिकाहरु सिकाएका थिए । वन,वातावरण तथा विपद व्यवस्थापन समिती संयोजक एवं ९ नं वडा अध्यक्ष राजकुमार श्रेष्ठ र ३ नं वडा अध्यक्ष अनन्त प्रकाश अर्याल लगायत वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई डढेँलो नियन्त्रण गर्ने पोशाक लगाएर प्रत्यक्ष प्रशिक्षण दिइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम वन,वातावरण तथा विपद व्यवस्थापन समितीका संयोजक श्रेष्ठको सभाध्यक्षता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा १ नं वडाअध्यक्ष शिव प्रसाद खनाल , ७ नं वडाका कार्यवाहक अध्यक्ष नमराज सुवेदी , कार्यपालिका सदस्यहरु लगायत मनहरी गाउँपालिका क्षेत्रमा पर्ने सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।