हेटौंडा । मकवानपुरगढीमा रुखबाट खसेर एक युवतीको मृत्यु भएको छ ।

मकवानपुरगढी वडा नम्बर २ स्थित अदुवाखर्ककी २२ बर्षीय प्रमिला योञ्जनको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहिबार साँझ घर नजिकै जंगलमा घाँस काट्न जाँदा रुखबाट खसेको र मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घटनास्थललाई सुरक्षित राखेर आवश्यक अनुसन्धान र शवको मुचुल्का उठाउने काम गरिएको जिप्रका मकवानपुरले जनाएको छ ।