हेटौंडा । वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको फिदिम गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका १४ कलंकी बस्ने ३७ वर्षीय विजय पुलामी मगर रहेका छन् ।
उनले वैदेशिक रोजगारीको लागि विदेश पठाइदिन्छु भन्दै १३ बाट ७,७५,२०० रकम असुलेर सम्पर्कविहीन भएका थिए । प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका वडा नम्बर २८ पुतलीसडकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्