हेटौंडा । डिभिजन वन कार्यालय राप्ती, मनहरी कार्यालय परिसरमा चिउरीको वृक्षारोपण गरिएको छ । कार्यालय परिसरमा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री मसिना खड्का, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्य लगायतकाले वृक्षारोपण गरेका हुन ।

मन्त्री खड्काले डिभिजन वन कार्यालय राप्ती, मनहरीको नर्सरीको पनि अवलोकन गरेकी थिइन् । चेपाङको संस्कृतिसँग जोडिएको चिउरीको रुख जोगाउन सांकेतिक रुपमा कार्यालय हाताभित्र सो वृक्षारोपण गरिएको थियो ।