हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलाको बगरबाट लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–९ शान्ती टोल बस्ने १९ वर्षीय राहुल कुमार बैठा रहेका छन् भने बाँकी दुई जनाको नाम खुलाएको छैन ।

ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट ३ किलो २ सय ६० ग्राम गाँजासहित शनिबार बिहान पक्राउ गरेको हो । उक्त लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।