हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ७ लामाबस्तीमा एक बालिका बलात्कृत भएकी छन् ।

असार २९ गते बिहान ४ बजे ११ बर्षीया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । बालिका बलात्कृत भएको घटना बाहिर आएपछि घटनामा संलग्न सोही स्थानका मनिकलाल गोलेलाई पक्राउ गरी कानूनी कारबाही थालिएको प्रहरी निरीक्षक कृष्णराज ढकालले बताए । पक्राउ परेका गोलेले पनि बालिकालाई बलात्कार गरेको स्वीकार गरेको र बालिकाले पनि बलात्कृत भएको घटना खुलस्त जानकारी गराएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गोलेलाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुन्धान अघि बढाइएको छ भने बालिकालाई सिविन बाल हेल्पलाइनमा सुरक्षित राखिएको छ । जघन्य प्रकृतिको घटनामा समेत मेलमिलाप गराउन केही मानिसहरु लागिपरेको र प्रहरीले जघन्य घटनाबारे छलफल नै नहुने बताएपछि असार ३० गते साँझ ढिलो गरी जाहेरी दर्ता भएको बताइन्छ ।

सुनिए अनुसार बलात्कार घटनासँग ती बालिकामाथि अन्य केही व्यक्तिहरुले पनि नियमित यौन दुब्र्यवहार गर्दै आइरहेको बताइन्छ । चकलेट, बिस्कुट दिन्छु भनेर बालिकाको शरीरमा हस्तमैथुन गरिदिने लगायतका क्रियाकलापहरु हुने गरेको आरोप लागेको छ ।

तर त्यस्ता दुव्र्यबहारका घटना प्रहरी सामु पीडित तथा अन्यले नपुर्याएको र पक्राउ परेका ब्यक्ति स्वयम्ले जबरजस्ती करणी गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । (मनहरी लाइभबाट साभार)