हेटौंडा । मकवानपुरको मनहरी–९ ज्यामिरेमा गएराती सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

बिग्रिएर रोकि राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा गएराति चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक मनहरी ९ बस्ने २२ वर्षीय शम्भु गिरी र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय सुशिल गिरी गम्भीर घाइते भएका थिए । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा र चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।