हेटौंडा । मकवापनुरको मनहरी गाउँपालिका वडा नं.८ ज्यामिरेमा विहीबार साँझ ट्याङकरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री मनहरी गाउँपालिका वडा नं.७ बस्ने ५२ बर्षीय बिष्णुहरी पराजुली रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडातर्फबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ख ०१२० नम्बरको ट्याङकरले बाटो क्रस गर्दै गरेको पराजुलीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार ट्याङकरको ठक्करबाट पराजुलीको टाउको, खुट्टा र हात चोटमा गम्भीर चोट लागेको छ । उनको उद्धार गरी मनहरी अस्पतालमा लगिएकोमा उपचार सम्भव नभएपछि चितवनतर्फ रिफर गरीएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङकर र ट्याङकर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।