हेटौंडा ।  स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको मानमर्द ऐन विहिनताको अवस्था भएको भन्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । गत असोज १९ गतेदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा कर्मचारीहरु प्रदर्शन गरीरहेका छन् ।

सोही बमोजिम आजदेखि मनहरी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पनि अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन् । सोमबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिव प्रसाद खनाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईलाइ आफ्नो माग सहितको ज्ञापन पत्र बुझाउँदै सेवा पेन डाउन गरिएको घोषणा गरे । ११ बुँदे माग राख्दै सम्बोधन नभए सम्मका लागि सेवा ठप्प गरीने वडा नं ५ का सचिव विदुर पाठकले जानकारी दिए ।

यता ज्ञापनपत्र बुझ्दै कार्यवाहक अध्यक्ष खनालले कर्मचारीहरुको अधिकारको लागि आफुले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कर्मचारीहरुले स्थानीय जनतालाई सेवा दिएकै कारण आफु जनप्रतिनिधिहरु सफल हुने भएकाले अत्यावश्यक सेवा नरोकिदिन उनले आग्रह समेत गरे ।

यस्तै गाउँपालिकाका नि। प्रमुख प्रशासकीय अधिकृत भट्टराईले स्थानीय तहका कर्मचारीहरुको जायज मागहरु पुरा हुनुपर्ने घरणा व्यक्त गरे । उनले भने, तपाईंहरुको विज्ञप्तीमा सवल र दुर्वल दुवै पक्षहरु छन् । सरकारले उचीत बिचार गरेर एकीकृत निजामती ऐन बनाउन आवश्यक छ ।

कर्मचारीहरुले गाउँपालिका अगाडि कालो व्यानरमा आफ्नो मागहरु राखेर केहिबेर शान्तीपुर्ण ढङ्गले प्रदर्शन गरेका थिए ।