हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको गोलघर उदघाट्न गरिएको छ । समूहले मकवानपुरगढी–३, मक्रान्चुलीमा निर्माण गरेको गोलघर मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरेले उदघाट्न गरेका हुन ।

गोलघर निर्माण गरेर समूहले सामाजिक उत्तरदायित्व पूरा गरेको भन्दै वडा अध्यक्ष घिमिरेले सामुदायिक वनले वातावरणीय क्षेत्रमा समेत काम गरेकोमा खुशी व्यक्त गरे । वन समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा समूहका सल्लाहकार कृष्ण बिडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल, समूहका उपाध्यक्ष केशव धिताल, कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गोलघर निर्माण उपसमितिका संयोजक शत्रुघन दुलालले गोलघर निर्माणमा १ लाख ४० हजार खर्च लागेको विवरण पेश गरेका थिए । गोलघर निर्माणले यस क्षेत्रका उपभोक्ता, बाटोमा हिड्ने बटुवा, गाउँपालिका र वडा कार्यालयमा आउने सेवाग्राही लगायतकालाई सुविधा हुने समूहले जनाएको छ ।

यसअघि समूहले चौघडा, शान्तिटोल, भानु चोक क्षेत्रमा गोलण्घर निर्माण गरिसकेको समूहकी कोषाध्यक्ष गोमा लामिछानेले बताए ।

भीमसेन पौडेल
थप जानकारी