हेटौंडा । मकवानपुर प्रहरीले नाले भरुवा बन्दुक र लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध अफिम जस्तो देखिने सेतो पदार्थ र भरुवा बन्दुक सहित प्रहरीले एक जना पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट धादिङ्ग मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ५२ को डिल बहादुर गोङ्वालाई पक्राउ गरेको हो । प्रहरीले घरभित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध अफिम जस्तो देखिने सेतो पदार्थ ७५ ग्राम, लागूऔषध गाँजा ७०० ग्राम र एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।

लागूऔषध अफिम जस्तो देखिने पदार्थ, लागूऔषध गाँजा र भरुवा बन्दुक सहित गोङ्वालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।