हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा नेपाली काँग्रेसबाट महिला वडा सदस्य उम्मेदवार पातली माया गोलेले महिलाको हकहितमा काम गर्ने बताएकी छिन ।

उनले अनिरुद्र खबर संग कुराकानी गर्दै वडामा रहेका महिलाहरुको सशक्तिकरण र उनीहरुलाई आयआर्जनमा जोड्ने बताइन । उनले महिलालाई सहकारी र कृषि संग जोड्दै शशक्त बनाउन उम्मेदवारी दिएको बताइन ।

अघिल्लो स्थानीय निकायको चुनावमा अधुरा रहेका कामहरु पुरा गर्न र वडामा आउने योजनाहरुमा महिलाहरुको पूर्ण सहभागिता गराउन उम्मेदवारी दिएको उनले बताइन । उनी २०७४ सालको स्थानीय निकायमा वडा सदस्यमा निर्वाचित भएकी थिइन ।