हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष उम्मेदवार बखान सिं पाख्रिनले अधुरा काम पुरा गर्न उम्मेदवारी दिएको बताएका छन ।

अनिरुद्र खबर संग कुराकानी गर्दै उनले विकास निर्माण, पूर्वाधार, पर्यटन, कृषि, पशु, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा अझैं विकास गर्न र पूर्णता दिन उम्मेदवारी दिएको बताए । उनी २०७४ सालको स्थानीय निकायको चुनावमा निर्वाचित जनप्रतिनिधि पनि हुन ।

उनले एतिहासिक मकवानपुर गढी र ढुंगे गढीमा अझैं पूर्वाधार विकास गर्ने र पर्यटनको क्षेत्रलाई अगाडि बढाउने बताए । उनले वडामा कृषिलाई प्राथमिकता दिने बताएका छन । कृषिमा यान्त्रिकिकरण, व्यवसायीकरण, पशु र कृषि दुबैलाई अनुदान दिई कृषिको थप विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अघिल्लो पटक निर्वाचित भएर काम गर्न बाकी र अधुरा काम पुरा गर्न पुनः उम्मेदवारी दिएको बताए ।