हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नं. ६ मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष उम्मेदवार कृष्ण प्रसाद बजगाईले वडामा स्वास्थ्य विमा निःशुल्क गर्ने बताएका छन ।

अनिरुद्र खबर संग कुराकानी गर्दै उनले सम्पूर्ण वडावासीहरुको निःशुल्क स्वास्थ्य विमा गरिदिने बताएका हुन । उनले जिते वडाको बजेटबाटै पहिलो काम स्वास्थ्य विमा गर्ने प्रतिवद्धता जनाएका छन ।

राज्यको नीतिलाई व्यवस्थीत र थितीगत संचालन गर्न, बस्ती संरक्षण गर्न, रोजगारी सिर्जना गर्न, भ्रष्टाचारको खबरदारी, वडावासीको हकहित र संरक्षणका लागि आफुले उम्मेदवारी दिएको उनले बताए । वडामा चित्तबुझ्दो विकास गर्न योजनाको प्राथमिकिकरण र वर्गीकरण गरेर काम गर्ने उनको भनाई छ । उनी कृषि सहकारी मार्फत कृषि तालिमका लागि इजरायल गएर फर्किएका युवा हुन । उनले इजरायलबाट फर्केपछि लमजुङमा इजरायलबाट सिकेका सीप र अनुभवलाई फर्किएका युवासंग मिलेर प्रयोग गरेका छन । उनी कृषि उद्यमी पनि हुन ।