हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नंम्बर १ मा पनि नेपाली कांग्रेस  नेतृत्व प्यानल नै विजयी भएका छन् ।

आइतबार बिहानको अन्तिम मतपरिणाम अनुसार  वडाध्यक्षमा नेपाली कांग्रेसका आईत सिं लो विजयी भएको हुन्।  उनले ७९३ मत प्राप्त गरेका थिए भने  उनको प्रत्यासी एमालेका उम्मेदवारले ४११ र माओवादीका उम्मेदवारले १६५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी वडा नंम्बर १ को अन्तिम मत परिणाम अनुसार गाउँपालिका  अध्यक्षमा गठबन्धनका उम्मेदवारले ८१२ र एमालेका उम्मेदवारले ४०६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ६३४ मत र एमालेका उम्मेदवारले ४२५ मत प्राप्त गरेका छन्।