हेटौंडा । मकवानपुरको मनहरीमा घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ ।
गएराती परेको चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर–६ हिलादमारमा स्थानीय ३७ बर्षीय माया बाल्पा थिङको मृत्यु भएको हो । घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।
चट्याङ लाग्ने बित्तिकै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्