हेटौंडा । जन्मदिनको अवसरमा एक बालकको परिवारले भिमफेदी बाल मन्दिरमा सहयोग गरेका छन् । हेटौंडा ८ का इरिश कुवँर ३ वर्ष पुरा भई ४ वर्ष लागेको अवसरमा बाल मन्दिरमा आश्रित बालबालिकाका लागि करिब ५ हजार रुपैंयाको खाद्य सामग्री प्रदान गरिएको हो ।

इरिशका आमा ईन्दिरा बानियाँले चाउचाउ, भुजा, विस्कुट लगायतका खाद्य सामग्री बाल मन्दिरलाई बुझाएकी थिईन् । कार्यक्रममा नेपाल बाल संगठन मकवानपुरकी उपाध्यक्ष दिलु घर्ती, भिमफेदी बाल मन्दिरका केन्द्र प्रमुख सुरेन्द्र सापकोटा, ईन्दिरा बानियाँकी आमा, इरिश कुवँर, सरस्वती थिङ केशी लगायतको सहभागिता रहेको थियो ।

वि.सं. २०१८ मा स्थापना भएको नेपाल बाल संगठनको केन्द्रीय समिति र मकवानपुरसहित ७७ जिल्ला समितिले विभिन्न स्थानमा बाल मन्दिर संचालन गर्दै आएको छ । मकवानपुरको पुरानो सदरमुकाम भिमफेदीमा रहेको बाल मन्दिरमा अनाथ तथा असहाय ३१ जना बालबालिकाले आश्रय लिईरहेका छन् ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी