हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ चिलाउने लेक लटारम्बेश्वर महादेब मन्दिर नजिक पहिलो पटक मोटर बाटो पुगेपछि स्थानीय खुसी भएका छन् । गाउँपालिका अध्यक्ष सहित मोटर पुगेपछि स्थानीय खुसी भएका हुन् ।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले सामाजिक संजाल मार्फत भीमफेदी ८ को चिलाउने लेक लटारम्बेश्वर महादेब मन्दिर नजिक पहिलो पटक मोटर पुग्दा आफु सन्तुस्ट भएको उल्लेख गरेका छन् । उनले लटारम्बेश्वर मन्दिरमा हजारौ भक्तजनको उपस्थितिमा मेला हुने जनाएका छन ।

मेलामा काठमाण्डौं, ललितपुर, भक्तपुर र मकवानपुरका भक्तजनहरुले सहभागिता जनाउनेछन । पौराणीक किम्वदन्ती अनुसार सो स्थानमा सती देबीको जटा खसेको स्थानीयहरुको भनाई रहेको भीमफेदी गाउँपालिका अध्यक्ष लामाले बताए ।