हेटौंडा । अन्तराष्ट्रिय सालक दिवसको अवसरमा मनहरी–१ चकरी रहेको चेतना मध्यवर्ती सामुदायिक वनको सभाहलमा सालक संरक्षण सम्वन्धि एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । सालक संरक्षण सम्वन्धि काम गर्दै आएको हिमालयन नेचरको आयोजनामा सालक संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा हिमालयन नेचरका परियोजना अधिकृत प्रदिप सेढाईले सालक संरक्षणका चुनौती, बर्तमान अवस्था, संरक्षणको लागि भविष्यमा गर्नु पर्ने काम, यसको फाईदा, विद्यमान कानुनी ब्यवस्था, हिमालयन नेचरले गरिरहेका कार्यहरुको बारेमा जानकारी गराए ।
कार्यक्रमका सहभागिहरुले सालक किसानको साथी भएको र यसको संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । सालकको बारेमा जनचेतनामुलक कार्यक्रम सञ्चालन, विद्यालय सतरीय सचेतना कार्यक्रम लगायतका कार्य गर्नु पर्ने लगायतका विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा मनहरी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष शिव प्रसाद खनालले सालक संरक्षणमा वडा कार्यालयले सहयोग गर्ने बताए ।
पर्सा राष्ट्रिय निकुञ्जका सिनियर गेम स्काउट राधाकृष्ण चौधरी, ग्रीनहुड नेपालकी सावित्री राई, लोकहित मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर मुक्तान, जनहित मध्यवर्ती सामुदायिक वनका अध्यक्ष रविन थोकर, चेतना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बंशी गोपाल कँडेल लगायतकाले सालक संरक्षण गर्ने कार्यमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता, संरक्षणकर्मी समेत गरि ३४ जनाको सहभागिता रहेको थियो ।
हिमालयन नेचरले चेतना मध्यवर्ती सामुदायिक वनमा विगत १ वर्षदेखि सालक संरक्षण सम्वन्धि विभिन्न कार्यहरु गर्दै आएको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्