हेटौंडा । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पूर्णप्रसाद अर्याल निर्वाचित भएका छन ।
शुक्रबार भएको निर्वाचनमा देबी प्रसाद गौतमलाई १३ मतले पराजित गर्र्दैै अर्याल निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा शिबराज पुडासैनी र सचिबमा अजित उप्रेती, कोषाध्यक्षमा सन्तोषी बर्तौला, सहकोषाध्यक्षमा निता सुबेदी अर्याल, सहसचिवमा सत्रुधन बैठा सर्वसम्मत निर्वाचित भए ।
एसोसिएसनको सदस्यहरुमा क्रमशः जानुका अर्याल, ध्रुब प्रसाद लामिछाने, राजेश लामा मुक्तान, समाज बिष्ट, सरिता भट्टराई, सरिता गोपाली र ज्ञानु परियार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यक्रम संयोजक प्रकाश लामा थोकरले जानकारी दिए ।


राज कुमार के.सी. 









प्रतिक्रिया दिनुहोस्