हेटौंडा । रंगहरुको पर्व फागु (होली) को अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले शुभकामना आदानप्रदान गरेको छ । महासंघ परिसरमा जिल्लामा रहेका पत्रकारहरुको उपस्थितीमा शुभकामना आदानप्रदान गर्दै होली मनाइएको हो ।

महासंघका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, स्वतन्त्र पत्रकार संघका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठ, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, सञ्चारिका समूहका बागमती प्रदेश संयोजक सरिता दाहाल, मनोज ढोडारी लगातयकाको सहभागिता रहेको थियो ।