हेटौंडा । नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको अध्यक्षमा लेखनाथ पौडेल चयन भएका छन् ।
हेटौंडामा भएको पहिलो जिल्ला अधिवेशनले पौडेलको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्माण गरेको छ । अधिवेशनले उपाध्यक्षमा सविन केसी, सचिवमा प्रकाश घिमिरे, सह–सचिवमा गौरब गोले र श्याम ढुंगना तथा कोषाध्यक्षमा रेखा मैनाली चयन भएका छन् ।
समितिको सदस्यहरुमा क्रमशः कमल घिसङ, बाबुराम केसी, थापाबहादुर दोङ, मनोरथ बास्तोला, कल्याण राना, किरण थापा, उत्तरबहादुर तामाङ, मञ्जुला भुजेल,विपिन घिमिरे, स्वस्थीक सापकोटा, शुवास दाहाल, इश्वर सेढाई,फणीराज अधिकारी तथा गृष्मा मगर चयन भएका छन् ।












प्रतिक्रिया दिनुहोस्