हेटौंडा । काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको स्कुटर मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ जुरिखेतमा बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना हुँदा स्कुटर चालक श्रीमान् घाइते भएका छन भने स्कुटर पछाडि बस्ने उनको श्रीमतिको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर पछाडि बस्ने काठमाडौँ महानगरपालिका वडा नम्बर २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उपचारको क्रममा बुधवार ७ बजेर २० मिनेटको समयमा हेटौँडा अस्पतालका डाक्टरले मृत घोषणा गरेको उनले बताए ।

स्कुटर दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका वडा नम्बर २७ महाबौद्ध निवासी ६५ वर्षका शशिराज पाण्डे घाईते भएका छन । उनको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्ड अन्र्तगत काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर अनियन्त्रित भई एकसय मिटर तल खसेर दुर्घटना भएको थियो ।