हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक विद्यालय) मा शुरु गरिएको अक्षयकोषमा शनिवार ७ लाख संकलन भएको छ ।

अक्षयकोषमा बंशगोपाल माविको २०४४ को एसएलसी ब्याजले ३ लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालयमा शनिवार भएको विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृति तथा विषयगतसहयोगको लागि अक्षयकोष शुभारम्भ कार्यक्रममा विद्यालयका पूर्व शिक्षक शम्भुप्रसाद आचार्यले १ लाख २३ हजार ४५६ रुपैयाँ २०४४ सालका एसएलसी ब्याजका विद्यार्थी एवम डिभिजन वन कार्यालय, मरिणका प्रमुख अजयविक्रम मानन्धरले आफना आमाबुबाको सम्झनामा १ लाख ११ हजार १ सय ११, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ बाट ५० हजार पूर्व विद्यार्थी सुपेन्द्र बस्नेतबाट ५० हजार, अच्युत देवकोटा र जयराम देवकोटाबाट १ लाख सहयोग प्राप्त भएको छ ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाले आगामी आवको बजेटबाट ५ लाख सहयोग गर्ने बताए । कार्यक्रममा विभिन्न ब्यक्तिहरुबाट अक्षयकोषको लागि ७ लाख बढी प्रतिवद्धता आएको प्राचार्य रमेश प्रसाद लामिछानेले बताए ।

कार्यक्रममा विद्यालय पूर्व अध्यक्ष बालकृष्ण चौलागाई, बंशगोपाल पूर्व विद्यार्थी संगठन अध्यक्ष शालिकराम घिमिरे, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश अध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणीराज गौतम, चौघडा बचत तथा ऋण सहकारीका अध्यक्ष विजय कुमार श्रेष्ठ, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, बंशगोपाल कुशेश्वर मन्दिर ब्यवस्थापन समिति अध्यक्ष दामोदर धिताल, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षक शिक्षिका, पुर्व विद्यार्थी लगायतको सहभागिता थियो ।

मकवानपुरको पूर्वी क्षेत्रको शैक्षिक गहनाको रुपमा रहेका यो विद्यालयमा कक्षा १२ सम्म करिव ११ सय विद्यार्थीहरु अध्ययनरत रहेको प्राचार्य लामिछानेले बताए ।

भीमसेन पौडेल
थप जानकारी