हेटौंडा । भीरबाट लडेर मकवानपुर कैलाश गाउँपालिका ७ चाइरङडाँडामा स्थानीय आइतराम चेपाङको मृत्यु भएको छ ।

५० वर्षीय चेपाङ कैलाश गाउँपालिका ३ स्थित कालीकाटार बजारबाट घरतर्फ फर्कने क्रममा गोरेटो बाटोबाट करिब दुई सय मिटर तल भीरमा लडेर मृत्यु भएको हो ।

आइतबार राति भीरबाट लडेर मृत्यु भएको जानकारी पाएपछि प्रहरी चौकी भार्ताबाट गएको प्रहरी टोलीले शव भीरमा रहेको अवस्थामा फेला पारी शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।