हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्थाले ११ नं. वडामा रहेका पाँच वटा टोल विकास संस्थाका पदाधिकारीहरूलाई सहकारी शिक्षा प्रदान गरेको छ ।
सहकारीको शिक्षा उपसमितिको आयोजनामा गरिएको कार्यक्रममा स्मारक टोल विकास संस्था, शन्तिचोक टोल विकास संस्था, गणेस्थान टोल विकास संस्था, सिद्धार्थ टोल विकास संस्था र लालीगुराँस टोल विकास संस्थाका पदाधिकारीहरूलाई सहकारी शिक्षा एवं यसको महत्व बारे जानकारी प्रदान गरिएको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए ।
उपयोगी सहश्राब्दीका कोषाध्यक्ष रामेश्वर नगरकोटीको सभाध्यक्षतामा हेटौंडा–११ शहिद स्मारकको थाहा भवनमा भएको कार्यक्रममा विकास नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आयोजक सहकारीका अध्यक्ष दिनेश बिडारी , गणेश स्थान टोल विकास संस्थाकी अध्यक्ष तारा कप्रौला लगायतकाले मन्तव्यव्यक्त गरेका थिए । कार्यक्रममा टोल विकास संस्थाका एक सय ५८ जना सहभागी रहेको पत्रकार गोविन्द प्रसाद (जि) न्यौपानेले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्