हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ । शनिवार विहान हेटौँडा–८ मा रहेको हेल्पबक्स प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा आगलागी भएको हो ।

आगलागीबाट फ्याक्ट्री पूर्ण रुपमा जलेर नष्ट भएको तर मानवीय क्षति नभएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो करिव ५ घण्टापछि नियन्त्रणमा आएको थियो ।

घटनामा कति रकम बराबरको क्षति भएको र घटनाको कारण नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।