हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ भिआइपी चोकमा ट्रकले ठक्कर दिँदा शनिवार साँझ एकजना पैदलयात्री घाइते भएका छन् । 

हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको वा.प्र. ०३–००१क ०१८६ नं.को ट्रकले सर्लाही इसरपुर नगरपालिका–३ भक्तिपुर घर भइ हाल मकवानपुर मनहरी गाउँपालिका ८ भिआइपी टोलमा बस्दै आएका १३ बर्षिय  विकास बसेललाइ बाटो क्रस गर्ने क्रममा ठक्कर दिएकाे हाे । 

घाईते विकासको मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको र उनको अवस्था गम्भिर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

ट्रक र चालक चितवन भरतपुर महानगरपालिका ६ वस्ने वर्ष–४२ बर्षिय जंग बहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।