हेटौंडा । गर्मीयास बढे सँगै मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या थपिर्दै गएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ८५७ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।

जिल्लामा २०८० साउनदेखि २०८१ वैशाख १३ गते बिहीवारसम्म पुरुष चारसय ३९ र महिला चार सय १८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गर्मीयाम सुरु भएसँगै पछिल्लो समय जिल्लामा डेंगु सङ्क्रमित थपिर्दै गएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ २७० पुरुष र २७५ महिलागरी ५४५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा सबैभन्दा कम एकजना पुरुषमा डेंगु सङ्क्रमण भएको छ ।

त्यस्तै, थाहा नगरपालिकाका पुरुष ३ जना, मकवानपुरगढी गाउँपालिकाका पुरुष १२ र महिला ८ गरी २० जना, बागमती गाउँपालिकाकामा ५ पुरुष र १९ महिलागरी २४ जना, मनहरी गाउँपालिकाकामा पुरुष ४२ जना र ३० जना महिलागरी ७२ जना, इन्द्रसरोवर गाउँपालिकाकामा पुरुष २ जना र महिला २ जनागरी ४ जना, भीमफेदी गाउँपालिकाकामा पुरुष २३ जना र १४ जना महिलागरी ३७ जना, बकैया गाउँपालिकामा पुरुष १२ जना र १३ जना महिलागरी २५ जना र राक्सिराङ गाउँपालिकामा २ जना पुरुषमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा अस्पतालमा पुरुष ४२ जना र महिला ४० जना गरी ८२ जना र अन्य जिल्लाका पुरुष ९ जना र महिला ३ जना महिलागरी १२ जना र ठेगाना नखुलेका १६ पुरुष र १४ महिला सहित ३० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो । मकवानपुरमा गत आर्थिक वर्षमा पाँच हजार ८६४ जनामा डेंगु सङ्क्रमण भएको थियो जसमध्ये तीन हजार २०५ जना पुरुष र दुई हजार ६५९ जना महिला थिए ।