हेटौंडा । घरदैलोको स्थानीय सरकारले सिंह दरबार जस्तो व्यवहार गर्न थालेपछि सेवाग्राहीले दुःख पाइरहेका छन । जनताको सेवा गर्छु भनेर आएका जनप्रतिनिधि र जनताकै करबाट तलब भत्ता बुझिरहेका कर्मचारी आफुलाई सर्वेसर्वा ठान्न थालेपछि समस्या भएको सेवाग्राहीको गुनासो छ ।
हेटौंडा उपमहानगरपालिका भित्र रहेका १९ वडा मध्यको एक वडा हो हेटौंडा–१२ । वडा कार्यालयमा सेवा लिन पुग्दा न कार्यवाहक वडाअध्यक्ष भेटेनि गरेका छन, नत यहाँ कार्यरत कर्मचारीले सेवाग्रहीलाइ सोधेको कुरा नै बताउँछन् । वडाअध्यक्ष र वडाका कर्मचारीको रफाव देखेर सेवाग्राही आजित बनेका हुन ।
वडा कार्यालयमा सेवा लिन पुगेकी फुर्वामाया रुम्वा कर तिर्नका लागि वडा कार्यालय पुगेकी थिइन् । उनी तीन घण्टा सम्म बस्दा कर तिर्ने पालो नआएको बताउँछिन । पहिला एकदमै सजिलो रहेपनि अहिले वडाबाट लिने सेवाका लागि संघर्षनै गर्नुपर्ने अवस्था रहेको रम्बाको भनाइ छ ।
त्यस्तै वडामा दुइदिन धाउदा पनि काम नभएको गुनासो सुन्तली गोलेको पनि गुनासो छ । उनीपनि बच्चा सहित तीन घण्टा लाइनमा बस्न परेको गुनासो सुनाउँछिन ।
एकदर्जन बढी सेवाग्राही कार्यवाहक वडाअध्यक्षको सिफारिसका लागि घण्टौं कुहिरहेका छन । एकजनाका कारण सयौं जनाले वडामा दुःख पाईरहेको अवस्था छ । यहाँ सेवा लिन आएका सेवाग्राहीले पटक–पटक फोन गर्दा पनि वडा अध्यक्ष वडा कार्यालय नआउने गरेको सेवाग्राहीको गुनासो छ ।
स्थानीय निर्वाचनमा वडा अध्यक्षका रुपमा निर्वाचित भएका ललित बहादुर घलानले राजिनामा दिएर जिल्ला समन्वय समितको प्रमुखमा विजेता भएसँगै खाली रहेको वडा अध्यक्षको कार्यवाहक जिम्मेवारी पाएका पात्र हुन ज्ञान बहादुर श्रेष्ठ । उनी जनताको सेवा गर्छु भन्दै जनताको घर घरमा गएर गरेको बाचा अहिले बिर्सन थालेका छन । सेवाग्राहीको बाक्लो उपस्थित भएर पटक–पटक फोन गर्दा पनि उनी वडा कार्यालय आउँदैनन् । उनी वडामा नभेटिदा सिफारिस लगायत वडाअध्यक्षबाट हुने सबै काम रोकिन्छ भने उनको सिफारिस बिना कर्मचारीले गर्दै गर्न मिल्ने काम समेत गर्दैनन् । उनलाइ पनि वडाका कर्मचारीले टेर पुछर लाउदैनन् । यहाँका कर्मचारीमा दम्भ र घमण्डको प्रचुरता देख्न सकिने यहाँ आएका एक सेवाग्राहीले बताए ।
वडामा सेवा लिन घण्टौँ कुरेर बस्दा पनि वडा अध्यक्ष नआएपछि पटक–पटक फोन गर्दापनि उनी व्यक्तिगत काममा बजारमा व्यस्त भएको बताउँछन । आधा घण्टामा आइहाल्छु भन्दै उनले सेवाग्राहीलाई साढे दुइघण्टा सम्म कुराउने गरेका छन । समयमै वडा कार्यालय आइदिनुभो सेवाग्राहीले सेवा पाउने थिए भन्ने जिज्ञासामा उनले मेरो पनि व्यक्तिगत काम हुन्छ, म सधैं वडामा बसिरहन सक्दिन भन्ने जस्ता गैर जिम्मेवार जवाफ दिने गरेका छन । निर्वाचन अघि सरल र सहज छविका मानिने उनी अहिले कुर्सी पाएपछि दम्भ देखाउन थालेको यहाँका सेवाग्राहीको जनगुनासो छ ।
यता १२ नं. का वडा सचिव (अधिकृत छैठौं) रामलाल थिङको पनि आफ्नै गुनासो छ । उनी वडा सचिव भएपनि यहाँका कर्मचारी उनलाई खासै टेरदैनन् । उनले सोधेका कतिपय विषयमा यहाँका कर्मचारी बोल्दैनन् । कारण हुनसक्छ, कर्मचारीको दम्ब, राजनीतिक पहुँच । अझै बजेट निर्माणका बेला उनलाई ठुलो चुनौति हुनेगरेको गुनासो पोख्दछन ।
आम जनताले वडातहबाट सहज सेवा नपाइरहेको जनगुनासो आइरहँदा यसतर्फ स्थानीय सरकारले ध्यान दिन जरुरी छ । यहा यत्रो सयम बित्दा पनि अझैं उपनिर्वाचन हुन सकेको छैन । हेटौंडा उपमहानगरपालिकाले पनि बेला बेलामा छड्के अनुगमनका साथै सेवाग्राहीको गुनासो र समस्या समाधान गर्न पहल गरिदिए साँच्चै सेवाग्राहीले दिएको मतको कदर हुनुका साथैं घरघरमै स्थानीय सरकारको अनुभुति गर्न पाउथें कि ?












प्रतिक्रिया दिनुहोस्