हेटौंडा । जनताबाटै आएको सुझाब अनुसार नगरको विकासलाई अघि बढाउँने उद्देश्य थालेको हेटौंडा उपमहानगरपालिकाले ८ नम्बर वडामा योजना तर्जुमा गोष्टी सञ्चालन गरेको छ ।

नगरवासीलाई आगामि योजनामा समावेश गराउँनका लागि सोमबार हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडामा आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन गरेको हो ।

वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भएकाले १९ वडाहरुमा योजना संकलनको काम गरीने उपमहानगरले जनाएको छ । उपमहानगरले अहिले सम्म १, ३,४, ५, ६, ७ नम्बरमा सुझाब संकलनको काम सकिएको छ । स्थानिय पालिकाको बजेट निर्माण पुर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने निति अनुसार उपमहानगर सबै वडाहरुमा सुझाब संकलनको काम गरीएको सामाजिब बिकास महशाा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताए ।

आउँदो बर्षका लागि बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी उपमहानगरको रहेको छ । ८ नम्बर वडामा भएको सुझाब संकलनमा स्थानियले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, ढल सहित दिगो आर्यआर्जनका काममा महिलाहरुलाई जोड्ने योजना बनाउँन सुझाब दिएका थिए ।

हेटांैडा ८ का रमेश थापाले नगरले गौरबको योजनाको रुपमा अघि सारेको चन्द्रोदय मिनि रंगशालाको काम लामो समय देखि अलपत्र पर्दा समस्या भएको बताएका थिए । २ करोड रुपियाँ बजेट बिनियोजन गरेर काम अघि बढाए पनि जगको काम पछि मिनि रंगशालाको काम अघि नबढेको भन्दै ध्यानाकर्षण गराएका थिए । बिस्तारै वडामा बढ्दै गएको दुव्यसनलाई नियन्त्रण गर्नका लागि खेलकुदको भूमिका महत्वपुर्ण हुने भएकाले उपमहानगले युवा लक्षित कार्यक्रम अघि बढाउन जरुरी रहेको बताए ।

स्थानियले उपमहानगरको सडक योजनामा स्ल्याब ढलानको काम घेरै भएको भन्दै पछि समस्या आउने बताए । अहिले राम्रो रहुन्जेल मात्र होइन भोलिको दिनमा स्ल्याबको व्यवस्थापन कसरी गर्ने भन्नेबारे सोच्न जरुरी रहेको उनिहरुको भनाई थियो । स्थानियले निर्माण भएका सडकहरुका बिच बिचमा रहेका बिजुलीको पोल व्यवस्थापन जरुरी रहेको औल्याएका थिए ।

आगामी बर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्छौ: नगर प्रमुख लामा

नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगरको आगामि बर्षको बजेट शिक्षा र स्वास्थ्यमा केन्द्रीत हुने बताएकी छन् । बिकास निर्माणको कामलाई कम गर्दै अब शैक्षिक गुणस्तर सुधार र नगरवासीको स्थास्थ्यलाई ध्यान दिँदै बजेट निर्माण गर्ने बताइन् ।

पुर्वाधार निर्माणको क्षेत्रमा अति आवश्यकलाई मात्र ध्यान दिन्छौं, नत्र बजेट सबै शिक्षा र स्वास्थ्य केन्द्रीत हुने उनको भनाई थियो । आगामि बर्ष हेटौंडा–८ को सडकलाई व्यवस्थित बनाउनका लागि प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने बताइन् । नगरको बिकासलाई समानुपातीक ढंगबाट बिकासको काम गर्ने बताइन् ।

उनले दिगो ढंगबाट काम लाई अघि बढाउँदै लैजाने योजना रहेको भन्दै उपमहानगरको कामलाई सकारात्मक ढंगबाट बुझिदिन नगरवासीलाई आग्रह गरीन् । हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य मञ्जु भुर्तेल, वडा सदस्य रिता मग्राती, बाल सञ्जाल वडा संयोजक प्रकृती भण्डारी सहित स्थानिय राजनितिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहको सहभागिता रहेको थियो ।