हेटौँडा। हात्तीको आक्रमणबाट एक जना माउते घाइते भएका छन। पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको सबुज गणको पोस्टमा पालेको हात्तीको आक्रमणबाट माउते सर्लाही हरिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय मनिष चौधरी घाइते भएका हुन ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बुधवार दिउँसो हात्तीलाई दाना पानी खुवाउने क्रममा अचानक हात्तीले सुडले हानी माउते चौधरीको शरीर र कानमा चोट लागेको हो ।

घाइते माउतेको चितवन पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । आक्रमण गर्ने हात्तीलाई सोही स्थानमा बाँधेर राखिएको प्रहरीले जनाएको छ ।