हेटौंडा । अविरल वर्षाका कारण मकवानपुरको दुर्गम गाउँको एक चेपाङको घर भत्किएको छ ।
राक्सिराङ गाउँपालिका–९ सिमलटारका फुलचरी चेपाङको ढुंगा माटोको गारो र जस्तापाताले छाएको दुई तले घर शनिबार परेको अविरल वर्षाका कारण घर भत्किएर पूर्णरुपमा क्षतिग्रस्त भएको हो ।
दुई तले घर गर्लाम्मगुर्लुम्म भत्किएपछि उनीहरु घर नजिकैको गोठमा बसेका छन् । घर भत्किन थालेपछि उनीहरु भाग्न सफल भएकाले मानवीय क्षति नभएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
आठ जनाको चेपाङ परिवार अहिले गाईगोरु बाँधेको कतरे गोठमा आश्रय लिएर बसेका छन् । मकवानपुरको राक्सिराङ र कैलाश क्षेत्रमा शनिबारदेखि नै वर्षा भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्