हेटाैँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका– १६, घ्याम्पेडाँडाबाट लागुऔषधसहित एकजना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा– १६, घ्याम्पेडाँडा बस्ने ३८ वर्षीय हरि रानालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
बुधबार बिहान करिब ३ बजे अस्थायी प्रहरी पोस्ट हटियाबाट प्रहरी नायब निरीक्षक सर्फलालप्रसाद यादवको कमान्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले जाँचका क्रममा रानालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनको साथबाट तीन पुरिया खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएर तौल गर्दा उक्त पदार्थ एक ग्राम ६५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्