हेटौंडा । १८ वर्षमुनीका बालबालिकाको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब मकवानपुरको सन २०२५-२६ का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
किवानिज क्लब मकवानपुरका पूर्वअध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा सन २०२५-२६ का लागि नवनिर्वाचित अध्यक्ष गोबिन्दप्रसाद प्याकुरेललाई पद हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष पवन खड्का सवारी दुर्घटनामा घाइते भइ हाल काठमाडौंमा उपचारत रहेका छन् । प्याकुरेलको नेतृत्वमा प्रेसिडेन्ट ईलेक्टमा भानुभक्त आचार्य, उपाध्यक्ष पूर्णप्रसाद अर्याल, सचिव ईश्वर रिजाल चयन भएका छन् । किवानिज क्लब ईन्टरनेश्नलका ट्रस्टी मोहन लम्सालको प्रमुख आतिथ्य तथा नेपालका गभर्नर ईलेक्ट रामहरि सुबेदीको बिशिष्ट आतिथ्यमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । हरेक महिनाको अक्टोवरबाट नेतृत्व परिवर्तन गर्ने यो क्लबको विधान भएपनि प्राबिधिक कारणले केही समय  ढिलाई भएको बताइएको छ ।
कार्यक्रममा किवानिज क्लब नेपालका भाइस गभर्नर भरतप्रसाद ढुँगेल, लेफ्टिनेन्ट गर्भनर ईलेक्ट ज्योतिरत्न बज्राचार्य, किवानिज क्लब मकवानपुरका चाटर्ड प्रसिडेन्ट तीर्थराज पराजुली, सी आशा फाउडेसनका अध्यक्ष बालकृष्ण चौलागाईलगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा किवानिज क्लब हेटौंडाका पूर्वअध्यक्ष गंगाप्रसाद पौडेल, सुवर्णकेशर लामिछाने, अधिवक्ता ललिता श्रेष्ठ, सी आशा पाठशालाकी प्रवन्धक प्रतिमा बस्नेतलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सी आशा पाठशालाका बालबालिकाको लागि ३ लाख ५० हजार रुपैयाँको फुड सप्लीमेन्ट्री हस्तान्तरण गरिएको थियो । काठमाडौं महानगरपालिका र किवानिज क्लब निलगिरिको सहयोगमा क्लबका भाइस गभर्नर भरतप्रसाद ढुँगेलको संयोजनमा सि आशा पाठशालाका बालबालिकालाई फुड सब्लीमेन्ट्री प्रदान गरिएको हो । बिगत वर्षमा पनि यस्तै सहयोग किवानिज क्लब मकवानपुरले संयोजन गर्दै आएको थियो ।