हेटौंडा । चितवन मेडिकल कलेजले मकवानपुरको हेटौंडामा नयाँ अस्पताल निर्माण गर्ने भएको छ ।
हेटौंडा उपमहानगरपालिका–४ मा बन्ने नयाँ अस्पताल भवनको मंगलवार एक समारोहबीच शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा निर्माण गरिने उक्त भवनको सीएमसी हेटौंडाका अध्यक्ष तथा प्रबन्धक निर्देशक प्रताप देवकोटाले शिलान्यास गरेका हुन् ।
‘सीएमसी हेटौंडा’ नाम दिइएको अस्पताल करिब २ अर्बको लगानीमा एक वर्षभित्र बन्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक देवकोटाले जानकारी दिए । पार्किङ, चमेनागृहलगायत अस्पतालको मापदण्डअनुसार निर्माण गरिने देवकोटाले बताए । १९ कठ्ठा जमिनमा निर्माण गरिने उक्त अस्पताल सुरुमा एक सय शय्याको हुने जनाइएको छ । अस्पताल निर्माण गर्न सीएमसीले गत वर्ष हेटौंडामा जग्गा खरिद गरेको थियो ।
अस्पतालमा संचालनमा आउँदा करिब ५० चिकित्सक, स्वास्थ्यकर्मीलगायत ५ सय जनाले रोजगारी पाउने छन् । सीएमसी चितवनले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा सीएमसी चुरेहिल अस्पताल सञ्चालन गर्दै आएको छ । कान्तिपुरबाट












प्रतिक्रिया दिनुहोस्