हेटाैँडा । मकवानपुरको कैलाश गाउँपालिका–९ घैराङमा मंगलबार पानीसँगै आएको हावाहुरीले ९ घरमा क्षति पुर्याएको छ ।
हावाहुरीले १६ लाख मूल्य बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ । कैलाश गाउँपालिका–९ घैराङटारका ५० वर्षीय बहादुर घलानको एकतले घरको जस्तापाताको छाना उडाउनुका साथै अन्नपातसहित १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ । हावाहुरीले ढुङ्गामाटोले बनेको दुईतले घरको जस्तापाताको छाना भएको कालिकामाया वाइवाको घरको छाना उडाउनुको साथै २ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ ।
यसैगरी हावाहुरीले तिलकवहादुर घलान, विष्णुमाया लामा, मानबहादुर नेगी, रामहरी घलान, दिलबहादुर स्याङतान, भक्तबहादुर वाइवा र सूर्यबहादृुर घलानको घरको छाना उडाउनुका साथै अन्नपात नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हावाहुरीले कैलाश गाउँपालिकाको घैराङमा मात्र होइन, कैलाश–४ लिक्चेको प्राथमिक विद्यालय भवनको छाना पनि उडाएको छ । विद्यालय भवनको छाना उडाएपछि विद्यार्थीको पढाइ प्रभावित भएको पालिका उपाध्यक्ष बालकुमार मल्लले बताए ।












प्रतिक्रिया दिनुहोस्