हेटौंडा । मकवानपुरको मनहरीकी मानसिकरूपमा पूर्ण अशक्त बोल्न नसक्ने ३२ वर्षीया लिलावती गिरीलाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे,मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती सहितको टोलीले गाउँपालिकाको वडा नंबर ९ ज्यामिरेस्थित गिरीको घरमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गरेको हो ।

नागरिकताका लागि आवश्यक कागजपत्र जुटाउँदा पनि जिल्ला प्रशासन कार्यालय हेटौंडा लैजान समस्या भएका कारण घरैमा आएर नागरिकता वितरण गरिएको हो ।

नागरिकता विहिनताको कारणबाट नेपाल सरकार एवं स्थानीय तहबाट प्रदान हुने सुविधाबाट वञ्चित रहेकी गिरीले अब ती सुविधाहरू प्राप्त गर्ने सुचिश्चितता भएको प्रमुख जिल्ला पाण्डेले बताए ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी