हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–१ मा कांग्रेस विजयी भएको छ ।
कांग्रेसका वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल करिब ७ सय मतान्तरले विजयी भएका हुन् । कुल १७ सय ८६ मत खसेकोमा विजयी भएका खनालले १ हजार ९७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको प्यानलका प्रदीप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाङ र सावित्री घिमिरे विजयी भएका छन् । खनालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३ सय ९० मत पाएका थिए ।
समाजबादी र माओबादीका गठबन्धनले ३ सय १० मत पाएका थिए ।












प्रतिक्रिया दिनुहोस्