हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नोे दोश्रो बार्षिक उत्सवमा ८ जना कर्मचारीलाई सम्मान गरेको छ । प्रतिष्ठानले प्राज्ञिक, प्रशासकिय अधिकृत, डाक्टर, सहायक स्तरका कर्मचारी, नर्स र अहेवलाई सम्मान पत्र सहित सम्मान गरेको हो ।

प्रतिष्ठानले लेक्चरर (प्राज्ञिक) तर्फ शैलेन्द्र चौधरी, प्रशासकिय अधिकृत विशाल लामिछाने, अस्पताल तर्फ डाक्टर सागर काफ्ले, सहायक स्तरका कर्मचारी दिपचन महत्तो, विनोद जैसवाल, नर्स सन्ध्या पुडासैनी, नर्स विनिमा बज्राचार्य र अहेव दिनेशहरि अधिकारीलाई सम्मान गरेको हो । उनीहरुलाई सुम्पेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरि प्रतिष्ठानको कार्य सम्पादनमा पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो ।

उनीहरुलाई बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीले प्रमाणपत्र वितरण गरेका थिए ।