हेटौंडा । हेटौंडा अस्पतालमा अल्ट्रासाउण्ड गर्न आएका सेवाग्राहीलाई अस्पतालका डाक्टरले बाहिर पठाएका छन् । हेटौंडा अस्पतालमा रहेको अल्ट्रासाउण्ड गर्ने मेसिनले राम्रो संग काम नगरेको भन्दै सेवाग्राहीलाई बाहिर पठाइएको हो ।
गर्भमा रहेको शिशुको अवस्था परीक्षण गर्न हेटौंडा कमानेकी सिता घिमिरेले अस्पतालमा बुहारी ल्याएकी थिइन् । बिशेष खालको भिडियो एक्स रे भएकाले हेटौंडा अस्पतालमा एक्स रे नहुने भन्दै बाहिर जान भनिएको थियो । अस्पतालका कर्मचारीलाई भिडियो एक्स रे बारे थप जानकारी लिदा झर्केर राम्रो संग जवाफ नदिएको घिमिरेको भनाई छ ।
डाक्टरले भिडियो एक्स रे गरेर आउन भनेपछि उनीहरुले बिल काटेर भिडियो एक्स रे का लागि पुगेका थिए । भिडियो एक्स रे का क्यामेरा तथा उपकरणहरु राम्रो नभएकाले बाहिर गएर भिडियो एक्स रे गर्न हेटौंडा अस्पतालका डाक्टरले सुझाव दिएका थिए । एक्स रे नभएपछि सेवाग्राही अस्पताल प्रशासन समक्ष पनि पुगेका थिए । त्यस लगतै सार्वजनिक सेवा सुधार संघर्ष समिति संग उनीहरुले घट्ना बारे जानकारी गराएका थिए ।
पाँच मिनेट अगाडि भिडियो एक्स रे हुँदैन भनेर पठाएका सेवाग्राहीलाई सामाजिक अभियान्ता तथा सार्वजनिक सेवा सुधार संघर्ष समितिकी सर्मिला वाईवा संगै गएपछि सेवाग्राहीको भिडियो एक्स रे गरेर उनीहरुले रिपोर्ट दिएका थिए । पाँच मिनेट अगाडि अल्ट्रासाउण्ड गर्ने मेसिन बिग्रिएको छ भन्दै सेवाग्राहीलाई बाहिर पठाउने अस्पतालले संघर्ष समतिको उपस्थिती पछि अस्पतालमै एक्स रे गरेर रिपोर्ट दिएका थिए ।
हेटौंडा अस्पतालको सेवा सुधार्नका लागि सार्वजनिक सेवा सुधार संघर्ष समितिले आवाज उठाउँदै आएको छ । हेटौंडा अस्पतालले आम जनतालाई दिने सेवामा सुधार नआएसम्म आवाज उठाईरहने संघर्ष समितिका दिपेन्द्र चन्द ठकुरीले बताए ।












प्रतिक्रिया दिनुहोस्