हेटौंडा । हेटौंडा अस्पतालको सेवा सुधारको माग गर्दै सार्वजनिक सेवा सुधार संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई संघर्ष समितिका पदाधिकारीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । त्यस्तै हेटौंडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामालाई ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्व र सहयोग गर्ने बताएका छन । त्यस्तै मेयर लामाले हेटौंडा अस्पताललाई आवश्यक पर्ने जनशक्ति र उपकरण सहयोग गर्न तयार रहेको बताईन् । उनले अस्पताल सुधारको लागि युवाहरुले थालेको प्रयासको प्रशंसा पनि गरिन् ।
ज्ञापन पत्रमा हेटौंडा अस्पतालले चुस्त र दुरुस्त सेवा दिन नसकेको, अस्पतालमा कार्यरत डाक्टर, नर्स, प्राबिधिक तथा कर्मचारीहरुले सेवाग्राहीहरुलाई दुःख दिएको, जाँच गरिएका रिपोर्टहरु गलत बनाई हेटौंडा अस्पतालको बदनाम गराई सेवाग्राहीलाई बाहिर जान बाध्य बनाउने गरिएको उल्लेख छ ।
उनीहरुले हेटौंडा अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएकाले कम्तीमा २०० शैयाको क्षमता अभिबृद्धि गरि अस्पताल मार्फत सहज ढंगले सेवाग्राहीलाई सेवा दिनुपर्ने माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रमम संघर्ष समितिका दिपेन्द्र चन्द ठकुरी, रामशरण कार्की, किशोर अर्याल, रमेश ठकुरी, बिरेन्द्र श्रेष्ठ, विवेक शाह, शर्मिला वाइवा, दिपेश खड्गी लगायतकाको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्