हेटौंडा । मकवानपुरमा ६२ हजार २८० जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार कोरोना सुरु भएदेखि हाल सम्म १७ हजार ९०७ जना कोरोना संक्रमित भएका हुन् । मकवानपुरमा १ सय ७१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
मकवानपुरमा पछिल्लो समय प्रत्येक दिन चार पाँच जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार असारमा मात्रै ५३ जना कोरोना पोजेटिभ भेटिएका छन् । दुई महिनाको अन्तरालमा दुई जना अस्पताल भर्ना भएर उपचार गराईरहेको उनले जानकारी दिए ।
मकवानपुर जिल्लामा पनि कोराना भाइरसको संक्रमण बढ्न थालेका छन् । रुघाखोकी, ज्वरो, खोकी लागेका बिरामीहरु कोरोना जाँच गराउा जाँदा संक्रमण पुष्टि भएको हो । नेपालभरी कोरोना संक्रमणका बिरामी बढ्न थालेसंगै मकवानपुरमा पनि कोरोना संक्रमित थपिएका हुन् ।
हाल मकवानपुरमा १६ जना सक्रिय संक्रमित रहेका छन् । हेटौंडा अस्पतालमा नियमित रुपमा कोरोना परीक्षण भईरहेको छ । मकवानपुरका सबै पालिकामा कोरोना टेष्ट किट पठाएको जनस्वास्थ्य अधिकृत घिमिरेले बताए ।
मकवानपुरमा कोभिड १९ बिरुद्ध ९३ प्रतिशतले दोश्रो डोजको खोप लगाएका छन् । ५ बर्षदेखि १२ बर्ष सम्मका ८६ प्रतिशत बालबालिकालाई पनि कोरोना बिरुद्धको खोप लगाइएको छ ।












प्रतिक्रिया दिनुहोस्