हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।
मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.४ कमलडांडाबाट लागुऔषध सहित पर्सा पकाहा मैनपुर गाउँपालिका वडा नं.४ बस्ने १९ वर्षीय सामसाद देवानलाई प्रहरीले पक्राउ गरेको हो ।
फरेष्टीबाट पिप्लेतर्फ जाँदै गरेको प्रदेश २–०३–०२१ प ५४०६ नम्बरको मोटरसाइकल सवार देवानलाई विभिन्न प्रकारका लागुऔषधसहित वडा प्रहरी कार्यालय सानोपोखरा, मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।
मोटसाइकल रोकी चेकजाँच गर्ने क्रममा देवानले भिरेको ब्यागबाट लागुऔषध नाईट्रोभेट १५० ट्याव्लेट, अलिकोन ८० क्याप सुल, कोडीवेल ३० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त लागुऔषध, मोटरसाइकल र देवानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्