हेटौंडा । परीक्षामा सामेल हुन गएका बिद्यार्थीलाई चिट ल्याएको भन्दै गरिएको अभद्र व्यवहारप्रति बिद्यार्थी संगठन, बिद्यार्थी नेता तथा शिक्षक संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

हेटौंडा क्याम्पसमा बिएड दोश्रो बर्षको परीक्षामा सामेल हुन मकवानपुर बहुमुखी क्याम्पसबाट गएका दुई जना छात्रालाई चिट ल्याएको भन्दै (अभद्र व्यबहार) कपडा खोल्न लगाएकोप्रति संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनीहरुले बिज्ञप्ती तथा सामाजिक संजाल मार्फत ध्यानाकर्षण भएको जनाएका छन् ।

हेटौंडा क्याम्पसमा परीक्षा दिन गएका बिद्यार्थीहरु माथी भएको दुर्व्यवहार अत्यन्तै आपत्तीजनक, निन्दनिय एवम् कडा शब्दमा भर्सनायोग्य भएको बिद्यार्थी नेता सन्तोष पौडेलले बताए । उनले छानबिन गरि दोषिलाई कडाभन्दा कडा कार्वाहीको माग गरेका छन् ।

त्यस्तै बिद्यार्थी नेता श्रवण कुमार बतौंला, अमृत बतौंलाले दोषी उपर तुरुन्त छानबिन गरि कानुनी कारबाहिको माग गरेका छन् ।

त्यस्तै बिद्यार्थी नेता विश्वास पराजुलीले प्रेस विज्ञप्ती जारी गर्दै छात्राहरु माथि चिट खोजीको क्रममा हेटौंडा क्याम्पस प्रशासनद्वारा गरिएको अभद्र व्यवहारप्रति घोर भत्र्सना गरेका छन् ।

त्यस्तै प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङगठन बागमती  प्रदेशअध्यक्ष जीवन तिमल्सिनाले तत्कालै सत्य तथ्य छानबिन गरि दोषिलाई कडा भन्दा कडा सजायको माग गरेका छन् ।