हेटौंडा । मकवानपुर प्रहरीले चोरीको मोटरसाईकल सहित हेटौंडाबाट दुईजनालाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले हेटौंडा–१० बाट सबारी जाँचको क्रममा चोरीको मोटरसाईकल सहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा बागमती प्रदेश ०२–०१९ प १४७१ नम्बरको २०० सीसीकोे बजाज पल्सर एनएस मोटरसाइकल र चालक मकवानपुरको बागमती गाउँपालिका–२ राईगाउँका २३ वर्षीय बिछोड लामा र बागमती प्रदेश ०२–०३६ प ९९१६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित बकैया गाउँपालिका–२ का ३३ वर्षीय तीर्थमान लामा भोलनलाई पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएको मोटर साइकलसहित कारबाहीका लागि लामा र भोलनलाई प्रहरी बृत्त बौद्ध तथा गौशला, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय मकवानपुरमा मोटरसाईकल चोरीको घटना बढेपछि प्रहरीले सबारी जाँचलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।