हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १४ ड्राइभर डाडाँमा अवैध रुपमा ३९ वटा सालको रुख काटिएको छ । हेटौंडा १४ का जनप्रतिनिधिको मिलोमत्तोमा सालको रुख काटिएको आरोप छ । स्थानीय सरकारको भ्यू टावरको विकास योजनाले यहाँका ७ जनालाई जेल पु¥याएको छ ।

हरियाली सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र भ्यु टावर निर्माण गर्ने भन्दै ३९ वटा सालको सहित साना ठुला गरेर ६७ वटा रुख तथा बिरुवा काटिएका छन् । स्रोतका अनुसार वनमा फाँडिएको रुखको घटना लुकाउने प्रयास गरिएको छ । हेटौंडा १४ का वडाध्यक्ष घट्ना लुकाउन शक्ति केन्द्र धाउन थालेको स्रोतले बताएको छ । उनले वनमा सामान्य साना लाथ्राहरु काटिएको प्रतिक्रिया दिएपनि सालका ठुलाठुला रुखहरु पनि कटान भएका छन् ।

यहाँ जगल फाँडेर होम स्टे र भ्यु टावर बनाउन लागेको स्थानीयहरुले बताएका छन । वडाध्यक्ष खड्काले त्यहाँ जग्गा किनेकाले उनको जग्गा प्लटिङका लागि पायक पार्न जंगलका रुख रातारात काट्न लगाइएको आरोप छ ।

हरियाली सामुदायिक वन हातामा रातारात काँचो सालसहित रुख काटिँदा पनि स्थानीय जनप्रतिनिधिको मौनताले प्रश्न चिन्ह खडा गरेको छ । पर्सा वन्यजन्तु आरक्ष क्षेत्र भएकाले जनप्रतिनिधिहरुले सोचेजस्तो ‘राजनीतिक तुजुक’ देखाएर भनसुन चलाउने ठाउँ आरक्ष पर्दैन । आरक्षका वार्डेन नियमसम्मत कामकारबाही अघि बढाउने भएकाले हेटौँडातिरका नेताहरुले ‘जे जति प्रयास’ गरे पनि सफल हुन सक्ने अवस्था छैन । वार्डेन मनोज साहले भने, ‘रुख सयौँ काटिएकै हो, ७ जनालाई नियन्त्रणमा लिएका थियौँ, दुई जना जेष्ठ नागरिक भएकाले छाडेका हौँ, बाँकी ५ जनालाई नियन्त्रणमा लिएर म्याद थपेका छौँ । अनुसन्धान जारी छ ।’

हेटौंडा उपमहानगरपालिका वडा नं. १४ का केही जनतालाई स्थानीय सरकारको भ्यू टावरको विकास योजनाले जेल पु¥याएको छ । अग्लो डाडाँको टुप्पोमा वन मासेर भ्यूू टावर ठड्याउने विकासले जनता कसरी जेल पुगे त ? आखिर कस्ले काट्न लगायो, ६७ वटा रुखहरु । स्थानीयले नै हुर्काएका रुख विरुवा आखिर कसरी काटियो ? अग्लो डाडाँको टुप्पामा वन मासेर टावर ठड्याउने यो कस्तो विकास हो ? पिल्लर मात्रै ठडिएको भ्यू टावर वरिपरि सफा गर्ने नाउँमा रुख काट्न लगाउने को हो ? स्थानीयले वनमा डढेलो लाग्दा मध्य रातमा ज्यानको प्रवाह नगरि जोगाएको वन मासेको आरोपमा कसरी थुनिए सोझा जनता यो बिचारणीय प्रश्न छ ?

अनिल पराजुली
थप जानकारी