हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले सफा हेटौंडा अभियान सुरु गरिरहँदा हेटौंडा १० बसपार्क दुर्गन्ध र फोहरयुक्त बनेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडाको मुटुमा रहेको बसपार्क क्षेत्र फोहर, अस्तव्यस्त पार्किङ र खाल्डाखुल्डीले भरिएको छ । वडा नं. १० को कार्यालय अगाडि रहेको फुलवारी पार्क पनि फोहरयुक्त बनेको छ । बसपार्कमा नगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालय पनि फोहर र दुर्गन्ध युक्त बनेको छ भने लागुऔषध प्रयोग कर्ताको अखडा भएको छ ।

हेटौंडा उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा सटर बनाएर भाडा उठाउने काम मात्रै गरेको छ भने सरसफाईमा ध्यान दिएको छैन । सफा, सुन्दर र हरियाली उपमा पाएको हेटौंडाको दुर्गति भएको छ अहिले । २०७२ सालमा भुकम्प जाँदा हेटौंडा बसपार्कवासीले आश्रय लिएको स्मरण गर्दै स्थानीय दिनेश लामाले फुलवारी पार्क अहिले फोहर फाल्ने ठाउँभएको बताए । उनले सम्बन्धीत निकायले यस क्षेत्रको सरसफाईमा ध्यान नदिएको बताए ।

फोहर र दुर्गन्धका कारण झिंगा भन्किरहेका छन् भने यहि स्थानको बरिपरि दैनिक प्रयोग हुने तरकारी तथा माछाहरु बिक्रीका लागि राखिएको छ । यस्तो खानाले मानव स्वास्थ्यमा कस्तो असर पु¥याउँला सम्बन्धीत निकायको बेलैमा ध्यान जान जरुरी छ ?
हेटौंडा बसपार्क क्षेत्रमा दर्जनौं खाल्डा खुल्डी र अस्तव्यस्त सवारी भएपनि वडा नं. १० ले कुनै ध्यान दिएको छैन । आफ्नो वडाभित्र रहेका सडकमा दर्जनौं खाल्डा खुल्डी हुँदापनि पुर्न तथा सरसफाईमा हेटौंडा १० का वडाध्यक्षले कुनै पहल गरेका छैनन् । जनप्रतिनिधि भएपनि जनताको सेवा सुबिधामा वडाअध्यक्ष ध्यान नदिएको र वडाको समस्या समाधान गर्न कुनै पहल नगरेको जनगुनासो छ ।

यता आन्तरिक राजस्व कार्यालयले दिनहुँ करोडौं राजस्व संकलन गरेपनि आफ्नैं कार्यालय अगाडि अस्तव्यस्त सवारी र खाल्डाखुली हुँदा पनि सम्बन्धीत निकायको ध्यानाकर्षमा कुनै पहल गरेको छैन । आँखा चिम्लेर बसेको छ आन्तरिक राजस्व कार्यालय पनि ।