हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सचिव भिमसेन महतले बागमती खोला प्रदुषण गर्ने काठमाडौंवासीलाई हर्जना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनले काठमाडौंवासीले ढल बागमती नदिमा हालेर प्रदुषण गरेको भन्दै काठमाडौंवासीले पीडतहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् ।

आज अनिरुद्र खबर संग कुराकानी गर्दै बागमती नदिको पानीलाई बिषाक्त बनाउन संलग्न भएकालाई हर्जना र नदिको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई क्षतिपूर्ति उपलब्ध गराउनै पर्ने उनको माग छ । बागमती नदि धार्मिक र ऐतिहासिक महत्वको स्थल भएकाले यसको संरक्षण र स्वच्छ राख्नुपर्ने आम नागरिकको दायित्व भएको उनले बताए । काठमाडौंबाट बग्दै आएको बागमती नदिमा ढल मिसाएका कारण बिषाक्क्त र प्रदुषित भएको स्मरण गराउँदै उनले बागमती तटिए क्षेत्रका स्थानीयवासी समस्यामा परेको बताए ।

काठमाडौंवासीले बागमती नदिलाई फोहर फ्याक्ने डम्पीङ साइड बनाएको प्रति नेता महतले आक्रोश समेत पोखे । घरको ढलदेखि शौचालयको ढल सम्म पवित्र बागमती नदिमा मिसाएर नदिमा प्रदुषण गरेको जिकिर गर्दै उनले बागमती तटमा बस्ने जनता बिस्थापित हुन परेकोप्रति दुःख व्यक्त गरे । पानी भनेको आमा हो, पानीको अनेक गुण छ, यस्लाई प्रदुषण गर्नु अक्षम्य अपराध हो–नेता महतले भने ।

बागमती नदी प्रदुषित गर्नेबाट क्षतिपुर्ती दिलाउन राज्य संग उनले माग गरे । स्थानीय स्तरदेखि सदन सम्म अहिले बागमती प्रदुषण गर्नेबाट पीडितलाई क्षतिपुर्ति दिलाउन राज्य संग माग गरिएको हो ।

त्यस्तै दुई दशकदेखि बागमती तटिय मकवानपुर, ललितपुर, काभ्रे र सिन्धुली क्षेत्रमा बागमती नदिले पारेको नकारात्मक प्रभावले प्रदुषित भएको बागमतीवासीलाई क्षतिपूर्ति र प्रदुषकलाई हर्जना तिराउन अभियान निरन्तर चलिरहेको बागमती पीडितलाई क्षतिपूर्ति अभियानका अभियन्ता सरोज न्यौपानेले बताए । उनले बागमती नदीको प्रदुषित पानीका कारण धेरै जनता पीडित हुनुपरेकाले आफुले आवाज उठाएको उनले बताए ।

के छ ऐनमा व्यवस्था ?
खोला तथा नदी प्रदुषित पार्नेलाई पाँच हजार जरिवानादेखि बिगो बराबरको सजायको व्यवस्था जलस्रोत ऐनमा छ । यसको कार्यान्वयन हुने हो भने काठमाडौं उपत्यकाका अधिकांश घरधनी र उद्योगी व्यवसायी कारबाहीमा पर्छन् र प्रदूषण प्रभावित तल्लो तटीय क्षेत्रका जनतालाई हर्जाना तिर्नुपर्ने हुन्छ । नखाएको विष लागेसरह भएका तल्लो तटीय क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति दिनेतर्फ कसैको चासो दिएको छैन ।

बागमती नदी मात्रै हैन, यो सभ्यतासँग पनि जोडिएको छ । बागमतीको प्रदूषण कम गर्दै सुधारका लागि वर्षेनी उपत्यका भित्र अरबौ खर्च भैरहेको छ ।