हेटौंडा । मकवानपुरे मोडल उत्तम लामाद्वारा अभिनित पहिलो म्युजिक भिडियो ‘थाहै नपाई’ सार्वजनिक भएको छ । जिल्लाको मनहरी गाउँपालिका निवासी लामाको ‘थाहै नपाई’ बुधबार हाइलाइट म्युजिक युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियोमा उनिसँगै कृष केसी, सेलिकमान राई, सजिना राई, अन्जिला राई र शिशिर राई लगायतको कलाकारहरु देखिएका छन् । केही समय यता टिकटकमा सक्रिय लामा अभिनयमा रुचि राख्थे । सोही टिकटक अभिनयले म्युजिक भिडियोमा आकर्षण बढेको उनले बताए ।

हेर्नुहोस् भिडियो ।